अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न जग्गा खोज्दै एन्फा, तत्काल २९ करोड ५५ लाख बजेट विनियोजन
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको विकल्पका रूपमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न फुटबल रंगशाला निर्माणको प्रक्रिया अगाडि बढाउने भएको छ । एन्फाको हालै सम्पन्न कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अन्तर्राष्ट्रिय मापदण्डसहितको रंगशाला निर्माण गर्न जग्गा उपलब्धताका लागि नेपाल सरकार र प्रधानमन्त्रीसँग अनुरोध गर्ने निर्णय गरेको छ । यो प्रक्रिया अगाडि बढाउन एन्फाले आफ्ना उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा अर्का उपाध्यक्ष दाबा लामा र मनिष जोशी सदस्य रहने गरी तीन सदस्यीय समिति पनि गठन गरेको छ ।
एन्फाले नयाँ रंगशाला निर्माणका लागि प्रारम्भिक चरणमा २२ लाख अमेरिकी डलर (करिब २९ करोड ५५ लाख २६ हजार नेपाली रुपैयाँ) विनियोजन गर्ने निर्णय पनि गरेको छ । यो प्रक्रिया यथाशीघ्र अगाडि बढाइने एन्फाले जनाएको छ ।
यसैगरी, एन्फाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको रेखदेख र संरक्षण आफूले गर्न पाउनु पर्ने प्रस्ताव सम्बन्धित निकायमा लैजाने निर्णय पनि गरेको छ । ‘दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि युवा तथा खेलकुदमन्त्री र राखेपका सदस्यसचिवसँग माग गर्ने निर्णय गरिएको छ । दशरथ रंगशालाको मैदान मर्मतका लागि तीन लाख अमेरिकी डलर (करिब चार करोड तीन लाख नेपाली रुपैयाँ) विनियोजन गर्ने निर्णय पनि गरिएको छ,’ एन्फाले भनेको छ ।
यसैगरी, बैठकले एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा प्रो–टर्फ तथा लाइट जडानका लागि तीन लाख ६४ हजार सात सय १३ अमेरिकी डलर (करिब चार करोड ९० लाख नेपाली रुपैयाँ) विनियोजन गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, एन्फा बैठकले ललितपुरस्थित गोदावरी नगरपालिकामा रहेको खेलमैदान, काभ्रेस्थित धुलिखेल नगरपालिकामा रहेको फुटबल मैदान, सिन्धुपाल्चोक जिल्लामा फुटबल प्रशिक्षण केन्द्र, सप्तरी जिल्लामा फुटबल मैदान र कैलाली जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न एक–एक लाख अमेरिकी डलर बजेट विनियोजन गर्ने निर्णय पनि लिएको एन्फाले जनाएको छ ।
यसैगरी, एन्फाले बुद्धि विकास खेल मैदान स्तरोन्नतिका लागि ३३ हजार चार सय ६ अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरेको छ । धरान, बुटवल र रौतहट एकेडेमी मर्मत तथा फर्निसिङका लागि २६ हजार पाँच सय ३७ अमेरिकी डलर विनियोजन गर्ने पनि पनि बैठकले गरेको छ ।
बैठकले कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाको भेडाबारीस्थित टेक्निकल सेन्टर र रौटहटको चन्द्रनिगाहापुरस्थित महिला फुटबल एकेडेमीमा कानुनी विवाद समाधानका लागि संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा सहायक महासचिवद्वय दामोदर भट्टराई र अरुणमान जोशी तथा प्रवक्ता सुरेश साह सदस्य रहने गरी कमिटी गठन गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण