युक्रेनमा एफ–१६ विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु
किभ । युक्रेनमा एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको युक्रेनी सेनासम्बद्ध एक स्रोतले बताएको भन्दै बीबीसीले समाचार छापेको हो ।
सो लडाकु विमान नेटोमा रहेका देशहरूले युक्रेनलाई दिएको विमानमध्ये एक थियो । रुसले सोमबार एकपछि अर्को गर्दै आक्रमण गरिरहँदा सो विमान खसेको बताइएको छ ।
यस घटनामा विमानका पाइलट ओलेक्सी मेसको निधन भएको छ । यो महिनाको सुरुमा नेटोले युक्रेनलाई लडाकु विमान उपलब्ध गराएयता यो पहिलो घटना भएको बताइएको छ ।
रुसी आक्रमणसँग विमान दुर्घटनाको प्रत्यक्ष सम्बन्ध नरहेको युक्रेनी सेनाको दाबी छ । ओलेक्सीले रुसी आक्रमणको समयमा तीनवटा क्रुज मिसाइल र एउटा ड्रोन नष्ट गरेको सेनाको दाबी छ ।
उनले रुसी मिसाइलबाट युक्रेनीहरूलाई बचाएको पनि युक्रेनको हवाई बलले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेको छ । दुर्भाग्यवश यसको मूल्य उनले ज्यान दिएर चुकाउनु परेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण