प्रहरी ऐनको मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर अर्थ मन्त्रालयमा पठाएको बताएका छन् । शुक्रवार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ, चाँडो संसदमा प्रस्तुत गर्ने योजना छ ।’
केपी ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा प्रहरी ऐन संसदमा दर्ता गर्ने उनले बताएका छन् । उनले भने, ‘हामीले यो काम १ सय दिनमा पुरा गर्छौँ ।’
निर्वाचन सम्बन्धी ९ वटा कानुन एकीकृत गरेर एउटै कानुन बनाउने प्रक्रिया अघि बढेको लेखकले बताए । उनले भने, ‘सशस्त्र प्रहरी र अध्यागमन विधेयक तयारीको चरणमा छ ।’
प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी निर्देशिका स्वीकृत गरेर क्याबिनेट पठाए उनले बताए । उनले भने, ‘समय सापेक्ष कानुन निर्माण गर्ने र सम्बन्धित संस्थालाई कानूनद्वारा नै सञ्चालन गर्ने मेरो लक्ष्य हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण