सत्ता समीकरणको सहमति कार्यान्वयन गर्नु कांग्रेसको जिम्मेवारी हो : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबिच सत्ता समीकरणका लागि भएको सहमतिको इमानदारीपूर्वक कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताएका छन् । नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिद्वारा शनिवार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘कांग्रेसको पहिलो जिम्मेवारी भनेको हाम्रो पहलमा निर्माण गरेको समीकरणलाई अगाडि बढाउनु हो । हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजी र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीजीबिच असार १७ मा भएको सात बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गरेर निष्कर्षमा पुर्याउने जिम्मेवारी अहिले कांग्रेसको छ,’ उनले भने ।
कांग्रेस र एमालेको सरकार बनेपछि आत्मविश्वास बढेको भन्दै राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण सिर्जना गरेको बताए । दुई दलको समीकरण, सरकारको निरन्तरता र सहमति कार्यान्वयनमा कांग्रेसको इमानदार प्रयत्न रहने गृहमन्त्री लेखकले बताए ।
कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि काम गर्न नसके मुलुक गम्भीरता मोडमा पुग्नु गृहमन्त्री लेखकको भनाइ छ ।
मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका निम्ति नेपाली कांग्रेस र एमाले मिलेको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण