एक खेलमा दुई शतकसँगै रुटको रेकर्ड
लर्ड्स । श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा दुई शतक बनाउँदै इंग्ल्यान्डका ब्याटर जो रुट नयाँ रेकर्ड बनाउन सफल भएका छन् ।
पहिलो इनिङ्समा २ सय ६ बलमा १ सय ४३ रन बनाएका रुटले दोस्रो इनिङ्समा १ सय २१ बलमा १ सय ३ रन जोडेका हुन् ।
यस्ता छन्, रुटले बनाएका नयाँ रेकर्डहरू :
३४ – टेस्ट क्रिकेटमा रुटले बनाएको शतकको सङ्ख्या । कुनै पनि इंग्ल्यान्ड ब्याटरले बनाएको सबैभन्दा धेरै शतक हो । यसअघि यो रेकर्ड एलिस्टर कुकको नाममा थियो ।
५ – टेस्ट क्रिकेटमा रुटभन्दा धेरै शतक बनाएका ब्याटरको सङ्ख्या । उनीभन्दा अघि सचिन तेन्दुल्कर (५१), ज्याक कालिस (४५), रिकी पोन्टिङ (४१), कुमार संगाकारा (३८) र राहुल द्रविड (३६) रहेका छन् ।
४ – लर्ड्स टेस्टको दुवै इनिङ्समा शतक बनाउने खेलाडीको सङ्ख्या । रुटअघि जर्ज हेड्लीले सन् १९३९, ग्राहम गुचले सन् १९९० र माइकल भनले सन् २००४ मा यो उपलब्धि हासिल गरेका थिए ।
१ – कुनै पनि टेस्ट म्याचको दुवै इनिङ्समा रुटले शतक बनाएको यो पहिलो अवसर थियो । उनले दोस्रो शतक मात्र १ सय ११ बलमा पुरा गरेका थिए । उनले बनाएका ३४ शतकमध्ये यो सबैभन्दा चाँडो हो । उनले सन् २०२२ मा न्युजिल्यान्डविरुद्ध १ सय १६ बलमा शतक बनाएका थिए ।
२०२२ – लर्ड्समा रुटले बनाएको टेस्ट रनको सङ्ख्या । उनले गुचको २०१५ रनलाई उछिनेका छन् ।
७ – लर्ड्समा रुटको शतकको सङ्ख्या । कुनै पनि ब्याटरले बनाएको यो सबैभन्दा धेरै शतक हो ।
६७३३ – घरेलु मैदानमा रुटको टेस्ट रन । उनले कुकले बनाएको ६ हजार ५६८ रनको रेकर्ड उछिनेका छन् ।
५० – अन्तर्राष्ट्रिय क्रिकेटमा रुटको शतकको सङ्ख्या । उनले टेस्टमा ३४ र एक दिवसीयमा १६ शतक बनाएका छन् । यस्तो उपलब्धि हासिल गर्ने उनी इंग्ल्यान्डका पहिलो ब्याटर हुन् ।
२०० – टेस्ट क्रिकेटमा रुटको क्याचको सङ्ख्या । टेस्ट क्रिकेटमा उनी ज्याक कालिससँगै तेस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका राहुल द्रविडभन्दा उनी मात्र १० क्याचले पछि छन् ।
–ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण