एन्फा महिला लिग आजबाट, उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका भिड्दै
आइतबार, १६ भदौ २०८१, ०९ : २०
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिग आज (आइतबार)देखि सुरु हुँदै छ । लिगको उद्घाटन खेलमा कोशी प्रदेश र स्याङ्जाको वालिङ नगरपालिका भिड्दै छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश, विभागीय टोली एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबसहित ए, बी र सी डिभिजन क्लबबाट सङ्कटा क्लब, बागमती युथ क्लब तथा नगरपालिका २ टोली वालिङ र चन्द्रपुर नगरपालिका सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण