स्वास्थ्य
६ जिल्लामा फैलियो हैजा, सङ्क्रमितमध्ये ७४ जना निको भए
आइतबार, १६ भदौ २०८१, ११ : ४२
काठमाडौँ । देशका ६ जिल्लामा हैजा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार पछिल्लो पटक रोल्पाका ४ जनालाई हैजा पुष्टि भएको छ ।
ईडीसीडीका अनुसार साउन ४ यता देशभर ७५ जनामा हैजा पुष्टि भएकोमा ७४ जना निको भइसकेका छन् भने एक जना अस्पताल भर्ना भइ उपचाररत छन् ।
देशभर पुष्टि भएको हैजा सङ्क्रमितमध्ये रोल्पाका ४ जना बाहेक ५० जना ललितपुरका छन् । यस्तै, काठमाडौँका १० जना, कैलालीका ८ जना छन् । यस्तै, मकवानपुरमा १ जनालाई सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
दूषित पानी तथा खानेकुरा सेवनले हैजा सङ्क्रमण हुन्छ । पिउने पानी र उपभोग्य वस्तुको शुद्धतामा ध्यान दिन चिकित्सकले सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण