सामूहिक बलात्कार आरोपमा २ कर्मचारी सहित ३ जना पक्राउ
बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकाकी एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई कर्मचारी सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरीसहित वडा नम्बर ३ का बन्टी भन्ने शैलेश पाण्डे रहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठोरले जानकारी दिए ।
घटना गत भदौ ५ गतेकै भएपनि शनिवार मात्रै प्रहरीमा उजुरी आएसँगै पक्राउ गरिएको राठोरले जानकारी दिए । उनले पक्राउ परेका तीनै जनालाई म्याद थप गर्न अदालत लैजाँदै गरेको रातोपाटीलाई जानकारी दिए ।
‘आज म्याद थपपछि अन्य अनुसन्धान अगाडि बढाउने छौँ’, उनले भने । पीडितलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।
उनीहरूले पीडितलाई रोजगारीको तालिम दिने भन्दै एक होटेलमा बोलाएर सामूहिक करणी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण