देउवाले गरे ओलीको प्रशंसा : ‘सँगै जेल बसेको दुःख गरेको राम्रो मान्छे हो’
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले ओली राम्रो मान्छे भएको र आफ्नो सम्बन्ध पनि राम्रो भएको बताएका हुन् ।
देउवाले वर्तमान सत्ता गठबन्धनको विपक्षमा नबोल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन नै दिए । उनले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कहिले पनि धोका नदिएको तर प्रचण्डबाट पटक–पटक धोका खाएको बताए ।
‘सत्य कुरा के हो भने ओलीजीसँग मेरो सम्बन्ध राम्रो छ । सँगै जेल बसेको मान्छे हो हामी‚’ उनले भने‚‘दुख गरेको राम्रो मान्छे हो उहाँ ।’
देउवाले समानुपातिक समावेशी व्यवस्था रहेसम्म एकल पार्टी बहुमत आउन नसक्ने बताए । सोही कारण कोही न कोही दलसँग मिलेर गठबन्धन बनाउनुको विकल्प नभएको उनले बैठकमा स्पष्ट धारणा राखे ।
‘कुनै पनि पार्टीको बहुमत आउने छैन । समावेशी समानुपातिक व्यवस्था रहेसम्म कुनै पनि पार्टीको बहुमत आउँदैन‚’ देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने‚‘अहिले एमालेसँगको गठबन्धनमा समस्या आउँछ भनेर डराएर हुँदैन । यो व्यवस्था रहेसम्म कुनै पनि पार्टीसँग मिल्नुपर्ने बाध्यता छ ।’
सभापति देउवाले वर्तमान सरकार बनेपछि देशभर नेता कार्यकर्तामा उत्साह थपिएको बताए । उनले वर्तमान गठबन्धनको विपक्षमा नलाग्न पनि अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण