काभ्रेमा करेन्ट लागेर एक जनाको मृत्यु
आइतबार, १६ भदौ २०८१, २१ : २२
काभ्रे । काभ्रेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काभ्रेको पनौतीमा निर्माणाधीन प्रहरी एकेडेमी भवनको ढलान गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको हो ।
करेन्ट लागेर सप्तरी अग्निसाइरा कृष्ण सभरनका मजदुर सबिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आइतबार साँझ ५ बजे करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा साँझ ७ बजे मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण