एभरेस्ट महिला भलिबल लिग : ललितपुर क्विन्सको लोगो सार्वजनिक
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगका लागि ललितपुर क्विन्सले आफ्नो लोगो सार्वजनिक गरेको छ ।
एभरेस्ट महिला भलिबल लिग असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना हुँदैछ ।
ललितपुर क्विन्स रुप्से होलिडेजको सहायक कम्पनी रुप्से स्पोर्टसको स्वामित्वमा रहेको छ । रुप्से स्पोर्टसले सामाजिक सञ्जालमार्फत आफ्नो लोगो सार्वजनिक गरेको हो ।
महिला भलिबलको सशक्तीकरण र नेपाली खेलकुदको समग्र विकासका लागि आफूहरू खेलकुदमा सक्रिय भएको रुप्से स्पोर्टसले जनाएको छ ।
ललितपुर क्विन्सको कप्तानमा सलिना श्रेष्ठ रहेकी छन् । टोलीमा रहने अन्य घरेलु खेलाडी र विदेशी खेलाडीको विषयमा निकट भविष्यमै जानकारी गराइने रुप्से स्पोर्टसले जनाएको छ ।
ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्का रहेका छन् । नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिगमा ६ टोलीको सहभागिता रहने छ ।
प्रतियोगिताको आयोजक इन्फिनिटी ड्रिम्स प्राली रहेको छ । प्रतियोगितामा सहभागी हुने टोलीमा गण्डकी, काठमाडौँ, ललितपुर, चितवन, कर्णाली र मधेस रहेका छन् ।
इन्फिनिटी ड्रिम्सले फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घसँग सात वर्षका लागि सम्झौता गरेको छ । यसका लागि इन्फिनिटी ड्रिम्सले संघलाई वार्षिक २५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।
महिला भलिबल फ्रेन्चाइज लिगमा प्रत्येक टोलीले १४ खेलाडी राख्न पाउने छन् । प्रत्येक टोलीले नौ जना नेपाली र तीन जना विदेशी खेलाडी राख्न पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण