नेपालमा वार्षिक करिब १५ सय बालबालिकामा क्यान्सर
काठमाडौँ । राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० अनुसार नेपालमा वार्षिक रुपमा १५ सय बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ । तीमध्ये एक तिहाइ मात्रै पत्ता लागेको अनुमान सो रणनीतिमा उल्लेख छ ।
यस्तै, वयस्कमा हुने क्यान्सरभन्दा बालबालिकामा हुने क्यान्सरहरू रोक्न थोरै मात्र उपायहरू हुन्छन् । बालबालिकामा हुने क्यान्सर प्रारम्भिक निदान र उपचारमा केन्द्रित रहेको उल्लेख छ । बालबालिकामा हुने क्यान्सरको प्रारम्भिक निदानमा, प्रारम्भिक चेतावनी सङ्केत र लक्षणहरूमा आधारित प्रारम्भिक पहिचान हुन आवश्यक रहेको रणनीतिमा उल्लेख छ ।
विगत एक दशकको अवधिमा क्यान्सर रोगीहरू १३ प्रतिशतले वृद्धि भएका छन् । नेपालमा हुने कूल मृत्युमध्ये दुई तिहाइ भन्दा बढी हिस्सा (७१ प्रतिशत) नसर्ने रोगहरूको कारणले क्यान्सर हुने गर्दछ जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको पाइएको रणनीतिमा उल्लेख छ ।
रणनीति अनुसार नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार जना नयाँ बिरामीहरू देखा परेका थिए भने १४ हजार भन्दा बढीले क्यान्सरकै कारण ज्यान गुमाएका थिए । नेपालमा धेरै देखिने क्यान्सरहरूमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर, पाठेघरको क्यान्सर लगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण