जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु
कैलाली । जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिइन् ।
जोशीकानुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्लाका थप चार जनामा सङ्क्रमण पुष्टि भएको छ । गौरीगङ्गा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा सङ्क्रमण पुष्टि भएको जोशीले बताए ।
गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने बालकमा सङ्क्रमण पुष्टि हो । गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको उपचार भइरहेको छ । पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेमन्त शर्माको ‘काली तरेर आउँछु, कोशी तरेर आउँछु’
-
भोटो जात्राका बेला अनुमति बिना ड्रोन उडाउन नपाइने
-
भारत र बंगलादेशमा गरी दैनिक ६५० मेगावाट विद्युत् निर्यात
-
राहदानी छपाइ सम्बन्धीमा अनियमितता कसूरमा पक्राउ परेकाहरूमाथि पाँच दिन म्याद थप
-
बैतडीमा बस दुर्घटना
-
बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण