भोटो जात्राका बेला अनुमति बिना ड्रोन उडाउन नपाइने
शुक्रबार, ०५ असार २०८३, १९ : ०३
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रमका क्रममा अनुमति बिना ड्रोन नउडाउन आग्रह गरेको छ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै असार ६ गते ललितपुर महानगरपालिका–४, जावलाखेलमा आयोजना हुने भोटो देखाउने कार्यक्रमको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बेलुका ५ बजेदेखि ७ बजेसम्म मानव रहित हवाई उपकरण (ड्रोन) उडाउन रोक लगाइएको जनाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी सूचनामा उक्त अवधिमा सम्बन्धित निकायको स्वीकृति बिना ड्रोन उडाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण