बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
सारांश
- बैंकिङ कसुर अभियोगमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
- उनीहरूविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो।
- बैंकबाट लिएको कर्जा प्रयोजन विपरीत प्रयोग गरी दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो।
काठमाडौँ। बैंकिङ कसुर अभियोगमा मुद्दा चलाइएका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो।
उनीहरूविरुद्ध बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो।
बैंकबाट लिएको कर्जा प्रयोजन विपरीत प्रयोग गरी दुरुपयोग गरेको अभियोगमा उच्च सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।
जगदम्बा स्टील्सका लागि लिइएको ‘वर्किङ क्यापिटल लोन’को रकम भट्ट र अग्रवालको मिलेमोतोमा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गरेको र जग्गा खरिदका लागि बैना गर्न प्रयोग गरिएको दाबी अभियोगपत्रमा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पाँच एजेण्डामा छलफल हुने
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण