शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
प्रदर्शन

तस्बिरमा हेर्नुहोस्, पेसागत सञ्जालको ऐक्यबद्धता ऱ्याली

शुक्रबार, ०५ असार २०८३, १७ : ४१
शुक्रबार, ०५ असार २०८३

सारांश

  • शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालले लोकतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षणका लागि माइतीघरदेखि सडक विभागसम्म ऐक्यबद्धता ऱ्याली कार्यक्रम गरेको छ ।
  • ऱ्यालीमा नेपाल चिकित्सक सङ्घ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक सङ्घ, नेपाल शिक्षक महासंघ र नेपाल इन्जिनियर्स एसोसिएसनको सहभागिता थियो ।
  • सञ्जालले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रका मूल्य मान्यतालाई कमजोर बनाउने प्रयास भइरहेको बताएको छ ।

काठमाडौँ । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले लोकतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षणका लागि माइतीघरदेखि सडक विभागसम्म ऐक्यबद्धता ऱ्याली कार्यक्रम गरेका छन् ।

ऱ्यालीमा नेपाल चिकित्सक सङ्घ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक सङ्घ, नेपाल शिक्षक महासंघ र नेपाल इन्जिनियर्स एसोसिएसनको सहभागिता रहेको थियो ।

papad rally (2)

सञ्जालले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ। संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भए पनि वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य–मान्यतालाई कमजोर बनाउने प्रयास भइरहेको उनीहरुको भनाई छ।

papad rally (7)

पापडले लोकतन्त्र निर्वाचनमार्फत प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली भएको स्मरण गराउँदै राज्यका सबै अङ्गलाई त्यसको सम्मान गर्न आग्रह गरेको छ।

papad rally (1)papad rally (3)papad rally (4)papad rally (5)papad rally (6)papad rally (9)papad rally (10)papad rally (11)papad rally (12)papad rally (13)papad rally (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप