मकवानपुर जिल्ला लिग फुटबल : डाँफे, रियल, इन्टरनेट र सक्षम विजयी
मकवानपुर । जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल सम्पन्न भएका छन् । मंगलबार सम्पन्न ४ खेलमा न्यू डाँफे यूथ क्लब, रियल स्टार क्लब पदमपोखरी, एफसी इन्टरनेट र सक्षम युवा क्लब नेवारपानी विजयी भएका छन् ।
मंगलबार भएको डाँफे भर्सेज हेटौँडा फुटबल एकेडेमी बिचको खेलमा डाँफेले जित निकालेको छ । डाँफेले हेटौँडा फुटबल एकेडेमीलाई ३–० ले हराएको हो । डाँफेका लागि सुशान्त तामाङले २ र निश्चल थापाले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच डाँफेका किसन थापा मगर घोषित भए ।
त्यस्तै मंगलबार नै भएको पदमपोखरी विरुद्ध महावीरको खेलमा पदमपोखरीले जित हासिल गरेको छ । उक्त खेलमा रियल स्टार क्लब पदमपोखरीले महाबीरलाई ६–० गोलले हराएको हो । पदमपोखरीका तर्फबाट साजन पाख्रिन ह्याट्रिक गर्दा अनिल मोक्तान, नेमा रुम्बा र साजन थिङले समान एकरएक गोल गरे । खेलको म्यान अफ द म्याच साजन पाख्रिन घोषित भए ।
मंगलबारै भएको खेलमा एफसी इन्टरनेटले विजय यूथ क्लब हेटौँडालाई १–० ले हराएको छ । इन्टरनेटका निक्सन तामाङले गरेको प्रहार विजय यूथका खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो । तामाङ नै खेलको म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा नेवारपानीको सक्षम युवा क्लबले आरआर एफसी मनहरीलाई २–० ले हरायो । सक्षमका सविन गिरी र हेस्रोन राना मगरले गोल गरेका हुन् । खेलमा आरआर एफसीको पेनाल्टी प्रहार बारमा लागेर फर्किएको थियो । खेलको म्यान अफ द म्याच सक्षमका उत्तम श्रेष्ठ घोषित भए ।
जारी प्रतियोगितामा बुधबार पनि ४ खेल हुनेछ । गौरिटार रंगशाला र सिमलटार खेल मैदानमा दुई दुई वटा गरी प्रत्येक दिन ४ वटा खेल भइरहेको हो । जिल्ला लिग फुटबल प्रतियोगितामा मकवानपुरका २८ क्लबको सहभागिता रहेको छ । लिगको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा व्यवस्थापनका लागि ‘ल्यान्ड पुलिङ’ मोडेल अपनाउन महासंघका अध्यक्ष श्रेष्ठको सुझाव
-
सेयर लगानीकर्तालाई अर्थमन्त्री सचिवालयको अपिल : अफवाहको पछि नलाग्नुस्
-
सिरियास्थित अमेरिकी फौजलाई निशाना बनाएको इरानको दाबी
-
विकास रोक्ने वन ऐन सच्याउन इप्पान अध्यक्ष डाँगीको माग
-
पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय स्रोत खोज्नुपर्छ : लिमा अधिकारी
-
सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण