कोलम्बिया विश्वविद्यालयको नयाँ सत्रको पहिलो दिनै विरोध प्रदर्शन, दुई पक्राउ
वाशिङटन डीसी । गाजा युद्धको विरोधमा भएको प्रदर्शनका कारण चर्चामा रहेको कोलम्बिया विश्वविद्यालयमा नयाँ सत्रको पहिलो दिन प्रदर्शन भएको छ । यस क्रममा आन्दोलनरत दुई विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, पहिलो दिनको विरोध ‘शान्तिपूर्ण’ रहेको बताइएको छ । प्रहरीले न्युयोर्क सहरको प्रसिद्ध क्याम्पस बाहिर सुरक्षा बढाएको छ ।
पछिल्लो सत्रमा यो क्याम्पस अमेरिकामा युद्ध विरोधी प्रदर्शनको सबैभन्दा ठुलो केन्द्र बनेको थियो । यी विरोधका कारण कोलम्बिया विश्वविद्यालयका अध्यक्ष मिनोसे शफिकले गत महिना राजीनामा समेत दिनुपरेको थियो । मंगलबार नयाँ सत्र सुरु हुँदा सबैको नजर प्रवेशद्वारमा जम्मा भएका आन्दोलनकारीमाथि थियो ।
कोलम्बिया विश्वविद्यालयको पछिल्लो सत्रमा ठुलो अशान्ति देखिएका थियो र न्युयोर्क पुलिस विभागले क्याम्पसमा धर्ना कसेर बसेका प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरू विरुद्ध बल प्रयोग गरेर क्याम्पस खाली गराएको थियो । त्यसपछि प्रहरीले खाली गरेको शैक्षिक विभागको भवनमा प्रदर्शनकारीले केही समय कब्जा गरेका थिए । यसमा एक सयभन्दा बढी व्यक्ति पक्राउ परेका थिए । विश्वविद्यालयले आफ्नो मुख्य स्नातक कार्यक्रम रद्द गर्नु पर्यो ।
आन्दोलन सुरु भएको केही महिनापछि विश्वविद्यालयका अध्यक्ष शफिकले विद्यार्थीको विरोधलाई हटाउन प्रहरीले कारबाही गर्न अनुमति दिएको भन्दै राजीनामा दिनुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण