फिलिपिन्सको वान्टेडको सूचीमा रहेकी चिनियाँ मेयर पक्राउ
मनिला । फिलिपिन्सकी एक जना पूर्वमेयर पक्राउ परेकी छिन् । चीनको जासुसी गरेको आरोप लागेपछि हप्तौँदेखि बेपत्ता बनेकी एलिस गुओ इन्डोनेसियामा पक्राउ परेकी हुन् ।
फिलिपिनी अधिकारीहरूले चार देशमा उनको खोजी गरिरहेका थिए । आपराधिक गतिविधि गरेको आरोपमा अनुसन्धान सुरु भए लगत्तै जुलाईमा उनी बेपत्ता भएकी थिइन् ।
उनीमाथि अनलाइन क्यासिनोलाई संरक्षण दिएको आरोप लागेको छ । फिलिपिन्सको बम्बन सहरमा एउटा सुँगुर फारममा स्क्याम सेन्टर र मानव तस्करीको अड्डा चलाएको आरोप पनि उनीमाथि थियो ।
गुओले आफूमाथि लागेको सबै आरोपहरूको खण्डन गरेकी छिन् । उनलाई सकेसम्म छिटै फिलिपिन्स फिर्ता ल्याउन इन्डोनेशियाली समकक्षीहरूसँग समन्वय भइरहेको फिलिपिनी अधिकारीहरूले बताएका छन् ।
गुओले आफू चिनियाँ पिता र फिलिपिनी आमासँग सोही फारममा हुर्किएको बताएकी छिन् । तर स्क्याम सेन्टरको घोटालामाथि छानबिन गरिरहेका सांसदहरूले भने उनको औँलाको छाप गुओ हुवा पिङ नामक चिनियाँ नागरिकसँग मेल खाएको भन्दै उनमाथि चीनको लागि जासुसी गरेको आरोप लगाएका थिए ।
गुओमाथिको आरोपबारे चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जुलाईमा सीमा सुरक्षाकर्मीको आँखा छलेर गुओ डुंगा फेर्दै फेर्दै छिमेकी देश मलेसिया पुगेको र त्यहाँबाट सिंगापुर हुँदै इन्डोनेसिया पुगेको अधिकारीहरूको भनाइ छ । मंगलबार राजधानी जर्कार्ताको पश्चिमी सीमाबाट गुओ पक्राउ परेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण