भाषा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन
काठमाडौँ । भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको छ । बुधबार राष्ट्रपति पौडेललाई आयोगका अध्यक्ष गोपाल ठाकुरले वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रतिवेदन बुझाउँदै कार्यक्रमहरू तर्फ बजेट कम रहेकोले कामहरू धेरै मात्रामा गर्न असफल रहेको उल्लेख गरे । उनले २०८० र ८१ मा कार्यक्रमहरू तर्फ बजेट कम रहेको बताए ।
उनले भने, ‘२०८० र ८१ मा कार्यक्रमहरू तर्फ बजेट शून्यता रह्यो, त्यस कारण हामीले अपेक्षित हाम्रा कार्यक्रमहरू थिए तर, बजेट अभावले ती कार्यक्रमहरू अगाडि बढाउन सकेनौँ । लोप हुन लागेका भाषाहरूको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिमुखीकरणका कामहरू र त्यसै गरी भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुँदै आएका कक्षाहरू जस्ता कामहरू हामीले अगाडि बढाउन सकेनौँ ।’
साथै उनले प्रदेश सरकार र स्थानीय सरकारहरूसँगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमुखीकरणका कामहरू गरेको बताए । उनले पहिलादेखि कक्षा सञ्चालन भएका ठाउँमा अनुगमन गर्न सफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण