लुम्बिनी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
बुधबार, १९ भदौ २०८१, १७ : २५

बुटवल । लुम्बिनी प्रदेश सरकारले शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले एक विज्ञप्ति सार्वजनिक गर्दै हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– ‘लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०–१२–२० गतेको निणर्यानुसार मिति २०८१–०५–२१ गते शुक्रबारका दिन हरितालिका (तीज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
-
सगरमाथा आधारशिविरमा विशेष संवाद : गृहमन्त्री लेखक र प्रर्यटनमन्त्री पाण्डेलाई १६ बुँदे ध्यानाकर्षण
-
विकृतिले छोपेको मधेसका संस्कार–संस्कृति
-
बेंगलुरु र कोलकाताबिचको खेल वर्षाका कारण ढिलाइ
-
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
-
काठमाडौँ – हेटौँडा जोड्ने कुलेखानी–फाखेलको बाटो धमाधम हुँदैछ कालोपत्र (तस्बिरहरू)