गृहमन्त्रीद्वारा एकै दिन प्रहरीका दुई भवन उद्घाटन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा नेपाल प्रहरीका दुई वटा भवन उद्घाटन गरेका छन् । भीमदत्त नगरपालिकास्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको भवन उद्घाटन गरेका हुन् ।
पछिल्लो समय साइवर अपराध बढेकोले प्रहरीले परम्परागत अपराधका घटना बाहेक साइवर अपराधमा पनि अनुसन्धान गर्नु परेको बताए ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटन गर्दै लेखकले दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रूपमा विकास गर्ने बताए । दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रूपमा विकास गरी देशको सबैभन्दा ठुलो नाकाका रूपमा विकास गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण हुन्छ ।’
दोधारा चाँदनी नाकालाई भारत र चीनसँग जोडेर देशकै ठुलो नाकाका रूपमा विकास गर्न सकिने उनको भनाई छ । दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी भइरहेको मन्त्री लेखकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण