अमेरिकामा अर्को गोलीकाण्ड : १४ वर्षीय बालकले स्कुलमा गोली चलाउँदा ४ को मृत्यु, ९ घाइते
जर्जिया । अमेरिकाको जर्जियास्थित एक हाईस्कुलमा गोली चल्दा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हत्याको आरोपमा त्यहाँका विद्यार्थी रहेका १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार भएको यस घटनामा मारिनेमा दुई विद्यार्थी र दुई शिक्षक रहेको जर्जियाको अनुसन्धान एजेन्सीले जनाएको छ । गोली चलेको खबर पाएर प्रहरी पुगेपछि आक्रमणकारीले आत्मसमर्पण गरेका थिए ।
पक्राउ परेका आक्रमणकारीको पहिचान सोही विद्यालयमा अध्ययन गर्ने कोल्ट ग्रेको रूपमा भएको छ। अब उनलाई वयस्कको रूपमा मुद्दा चलाइनेछ।
कोल्ट ग्रेको गतिविधिमा एफबीआईलाई पहिले नै शंका थियो र गत वर्ष मेमा एफबीआईले उनको परिवारसँग सोधपुछ गरेको थियो। त्यसबेला उनले सामाजिक सञ्जालमा विद्यालयमा गोली हान्ने धम्की दिएका थिए तर त्यतिबेला उनी पक्राउ परेका थिएनन् ।
ग्रेका बुबाले अफिसरहरूलाई उनीसँग शिकार गर्ने बन्दुकहरू रहेको तर त्यसलाई निगरानीमा राखिएको बताएका थिए । घटना भएको विद्यालयमा करिब १९०० विद्यार्थी अध्ययनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण