पाकिस्तानी पूर्वराष्ट्रपतिको परिवारका नाममा रहेको भारतस्थित जग्गा लिलाम हुँदै
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री परवेज मुशर्रफको भारतस्थित पुर्ख्यौली जमिन लिलाम हुने भएको छ ।
भारतको उत्तर प्रदेश राज्यको बागपतस्थित कोताना गाउँमा पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको पैतृक जग्गा छ । मुशर्रफ परिवारको १३ बिघा जमिन लिलाम बिक्री गर्न लागिएको हो, जसका लागि बिहीबार अनलाइनमार्फत बोलकबोल हुँदैछ ।
मुशर्रफको परिवार भारतबाट पाकिस्तान छुट्टिनु अघि बागपतको कोताना गाउँमा बस्दै आएको थियो । देश विभाजन हुँदा बागपतमा रहेको घर र जमिन छाडेर मुशर्रफ परिवार पाकिस्तान गएको थियो ।
पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफका पिता मुशर्रफुद्दीन र आमा जरीनको विवाह कोताना गाउँमै भएको थियो । सन् १९४३ मा उनीहरू दिल्ली गएर बस्न थाले । देश विभाजन भएपछि उनीहरू आफ्नो जायजेथा छाडेर पाकिस्तान गएका हुन् ।
पाकिस्तानका पूर्वराष्ट्रपतिको नाममा रहेको केही जमिन उतिबेलै बेचिएको भए पनि उनका परिवारका नाममा अझै १३ बिघा जग्गा बाँकी थियो ।
मुशर्रफका काकाको छोराको नाममा कोतानामा एउटा घर पनि छ । मुशर्रफ परिवारका नाममा रहेको सबै सम्पत्तिलाई भारतले ‘शत्रु सम्पत्ति’ घोषणा गरिसकेको छ । सोही सम्पत्ति अहिले लिलाम हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण