रास्वपा मधेस प्रदेशको विस्तारित बैठक सर्लाहीमा
सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक सर्लाहीको लालबन्दीमा सुरु भएको छ । विस्तारित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता एवं सांसद मनिष झा लगायतका नेताहरू सहभागी छन् ।
विस्तारित बैठकमा प्रदेश समितिका पदाधिकारी र सदस्य, विभागका प्रमुख र सदस्य तथा जिल्ला संयोजक र सह संयोजकलगायत झन्डै ३ सय नेता कार्यकर्ता सहभागी रहेका छन् । बैठकमा सभापति लामिछानेले २०७९ को निर्वाचनका उम्मेदवारसँग पनि छुट्टै छलफल गर्ने कार्यक्रम रहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् ।
कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनीको नेपालगन्ज, कोशीको इटहरी, बागमतीको कीर्तिपुरमा प्रदेशस्तरीय बैठक समापन गरेर सो पार्टीले मधेस प्रदेशमा विस्तारित बैठक आयोजना गरेको हो । मधेसपछि सुदूरपश्चिम र गण्डकीमा एक साताभित्र बैठक गर्ने रास्वपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण