एआईजी ज्ञवालीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । प्रहरीका एआईजी श्यामलाल ज्ञवाली र ३ जना डीआईजीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
उमेरहदका कारण अवकाश नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गरेको छ ।
प्रहरी अधिकृतहरूले दर्जागत उमेरका कारण अवकाश रोक्न अन्तरिम आदेश माग गरेका थिए । रिट दायर गर्नेमा इन्स्पेक्टर नागेन्द्र ठाकुर पनि छन् ।
प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरु ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेरहद पुरा गरेर भदौ २५ मा अवकाशमा जाँदै छन् ।
डीआईजीहरु राजेश बास्तोला, केदार ढकाल र यज्ञ विनोद पोखरेल पनि छोटो समयमा अवकाशमा जाँदै छन् । अर्का एआईजी रामदत्त जोशी असोज १६ मा उमेरहदका कारण अवकाश हुन लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण