श्रीलंका स्क्वाडसँग ५ विकेटले हार्यो नेपाल
काठमाडौँ । श्रीलंका भ्रमणका क्रममा लगातार दुई खेल वर्षाले रद्द भएपछि खेलिएको आफ्नो तेस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । नेपाली टोलीलाई शुक्रबार खेलिएको अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडले पाँच विकेटले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले ४० ओभरमै अलआउट हुनुअघि एक सय ५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएके श्रीलंका डेभलपमेन्ट स्क्वाडले भने २६.५ ओभरमै केवल पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
श्रीलंका डेभलपमेन्ट स्क्वाडको जितमा के. सन्जुलाले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ६८ रनको योगदान गरे । उनले ६० बलमा उक्त रन बनाएका हुन् । नेपाली टोलीका बलर सोमपाल कामी र गुलसन झाले दुई–दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाली टोलीका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाएका थिए । उनले ५० बलको सामना गरी उक्त रन बनाएका हुन् । अर्का ओपनर आसिफ शेख भने शून्य रनमै पेभेलियन फर्किएका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान अनिल साह तीन र चौथो नम्बरका ब्याट्सम्यान सन्दीप जोरा ६ रन बनाउँदै आउट भएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले भने ३३ बलको सामना गरी टोलीको खातामा २० रन थपे ।
यसैगरी, छैटौँ नम्बरका ब्याट्सम्यान कुशल मल्लले पनि टोलीका लागि ५५ बलमा ३५ रनको योगदान गरे । गलुशन झाले पाँच र सोमपाल कामीले दुई रन बनाएका थिए । नेपाली टोली सोमपालकै कप्तानीमा ओर्लिएको थियो । श्रीलंकाली टोलीका बलर गरुका संकेथले चार विकेट लिए ।
नेपाली टोलीका टोलीका नियमित कप्तान रोहित पौडेल हाल क्यानडामा छन् । लगातारको वर्षाका कारण यसअघि मंगलबार र बुधबार खेल्ने भनिएको क्रमशः पहिलो र दोस्रो खेल रद्द भएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका क्रममा नेपाली टोली श्रीलंका भ्रमणमा गएको हो ।
क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । नेपाली टोलीले लामो समयदेखि एकदिवसीय ढाँचाको प्रतियोगिता खेलेको छैन । यसबिचमा नेपाली टोलीले टी–२० ढाँचाको प्रतियोगिता बढी खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण