डुबेर बेपत्ता व्यक्तिको शव फेला

धनुषाधाम । धनुषामा सशस्त्र प्रहरीको गोताखोर टोलीले डुबेर बेपत्ता एक जना व्यक्तिको शव फेला पारेको छ । जिल्लाको औरही गाउँपालिका–५ र ६ को सिमानामा रहेको नहरको बाँधमा डुबेर बेपत्ता स्थानीय १८ वर्षीय सुन्दर मण्डललको शव गोताखोरको टोलीले फेला पारेको हो ।
बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता उनको शव गोताखोरको टोलीले आज फेला पारेको सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता मण्डललाई खोजताल गर्दा नभेटिएपछि सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनी बर्दिवासका गोताखारको टोली र सोनिगामा वेस क्याम्पका विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले खोजी गरेको थियो ।
बेपत्ता मण्डललको शव डुबेको स्थानबाट दुई किलोमिटर दक्षिणतर्फ अवस्थामा फेला परेको जनाइएको छ । मण्डलको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिदेशीय टी–२० आई सिरिज: स्कटल्याण्डसँग नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख