दुई क्विन्टल बढी गाजासहित तीन जना पक्राउ
सिराहा । सिराहा प्रहरीले करिब दुई क्विन्टल गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । सिराहाको कर्जन्हा नगरपालिका १० स्कुल टोलबाट दुई सय १७ किलो गाँजा र एकजना भारतीय नागरिकसहित तीन जनालाई शुक्रवार अपराह्न नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ वर्षीय बिहारी मुखियाको गोठबाट सो गाँजा बरामद गरिएको हो । प्लास्टिकको १४ वटा पोका बनाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
प्रहरीले गाँजा ओसारपसारको आशङ्कामा भारतको विहार राज्य, मधुबनी बलरा थाना १२ नम्बर वडाका २१ वर्षीय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षीय खडकबहादुर तामाङ र स्थानीय ४० वर्षीया चानोदेबी मुखियालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण