इंग्लिसको शतकमा अस्ट्रेलियालाई शृङ्खला

एडिनब्र । स्कटल्याण्डको भ्रमणमा रहेको अस्ट्रेलियाले दोस्रो टी–२० खेलमा सहज जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा अस्ट्रेलिया ७० रनले विजयी भएको हो ।
अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डले १६.४ ओभरमा १ सय २६ रन मात्र बनाउन सक्यो । स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ५९ रन को योगदान दिए । उनले ४२ बलमा ४ चौका र ४ छक्का हिर्काए ।
ओपनर जर्ज मुन्सेले १९ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन नै जोड्न सकेनन् । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ३.४ ओभरमा मात्र २३ रन खर्चिए ।
त्यस्तै, क्यामरुन ग्रिनले २ विकेट लिए । जेभियर बार्टलेट, एरन हार्डी, सिन एबट र एडम जाम्पाले १–१ विकेट हात पारे ।
यसअघि जोन इंग्लिसको शानदार शतकको मद्दतले अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । इंग्लिसले मात्र ४९ बलमा ७ चौका र ७ छक्का प्रहार गर्दै १ सय ३ रन जोडे ।
क्यामरुन ग्रिनले ३६ रनको योगदान दिए भने मार्कस स्टोइनिसले २० रन बनाए । टिभ डेभिडले १७ तथा ओपनर जेक फ्रेजर म्याकगर्कले १६ रन जोडे । स्कटल्याण्डका लागि ब्राड करीले ३ तथा क्रिस सोलले १ विकेट लिए ।
अस्ट्रेलियाले पहिलो टी–२० ७ विकेटले जितेको थियो । योसँगै टोलीले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ । तेस्रो तथा अन्तिम टी–२० आज खेलिनेछ ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण