१५ वर्षमा पहिलो पटक अमेरिकी पुरुष खेलाडी ग्राण्डस्लामको फाइनलमा
शनिबार, २२ भदौ २०८१, १३ : ०२
न्युयोर्क । टेलर फ्रिट्जले यूएस ओपनको पाँच सेटको थ्रिलरमा फ्रान्सिस टियाफोलाई हराएर ग्राण्डस्लाम सिंगल्सको फाइनलमा पुग्ने १५ वर्षमा पहिलो अमेरिकी खेलाडी बनेका छन् । फ्रिट्जले अमेरिकाकै टियाफोलाई ४-६ ७-५ ४-६ ६-४ ६-१ ले हराएका हुन् ।
एन्डी रोडिक सन् २००३ मा यूएस ओपनमा विजयी भएर प्रमुख एकल उपाधि जित्ने अन्तिम अमेरिकी खेलाडी थिए। २००६ मा यूएस ओपन र सन् २००९ मा विम्बल्डनको फाइनलमा पुग्ने अन्तिम अमेरिकी खेलाडी पनि रोडिक नै थिए।
फ्रिट्जले फ्लसिङ मेडोजमा आइतबार हुने फाइनलमा विश्व नम्बर एक जनिक सिनरसँग प्रतिस्पर्धा गर्नेछन्। १२औं वरियताका खेलाडीले यसअघि चार प्रयासमा ग्राण्डस्लामको क्वार्टरफाइनलभन्दा अघि पुग्न सकेका थिएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण