‘आत्मसम्मानमा चोट पुगेको’ भन्दै उप-निर्देशक पदबाट संगिना वैद्यको राजीनामा
काठमाडौँ । नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको उप–निर्देशक संगिना वैद्याले पदबाट राजीनामा दिएकी छन् । राखेपको पछिल्लो निर्णयबाट आफूले अपमानित महसुस गरेको भन्दै उप–निर्देशक संगिनाले पदबाट राजीनामा दिएकी हुन् । संगिना छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी पनि हुन् ।
ओलम्पियन संगिना करिब दुई वर्षअघि तालिम तथा प्रशिक्षण विभागको उप–निर्देशक बनेकी थिइन् । तर, तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त गर्ने राखेपको पछिल्लो निर्णयप्रति असहमति जनाउँदै उनले पदबाट राजीनामा दिएकी हुन् ।
उनले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई आइतबार आफ्नो राजीनामा पत्र बुझाइन् । ‘मैले उप–निर्देशक पदबाट राजीनामा दिएको सत्य हो । राखेपको पछिल्लो निर्णयबाट मेरो आत्मसम्मानमा चोट पुग्यो । मैले अपमानित पनि महसुस गरेँ । त्यसैले राजीनामा दिएकी हुँ,’ रातोपाटीसँगको कुराकानीमा संगिनाले भनिन् ।
तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले अघिल्लो साता अनिवार्य अवकाश पाएका थिए । त्यसपछि निर्देशकको पद रिक्त भएको थियो । रिक्त निर्देशक पदमा राखेपले कराँते प्रशिक्षक सोभितराज प्रसाईलाई नियुक्त गरेको थियो ।
राखेपको सोही निर्णयप्रति असहमति जनाउँदै संगिनाले उप–निर्देशक पदबाट राजीनामा दिएकी हुन् । राखेपका एक वरिष्ठ अधिकारीका अनुसार, यसअघि उप–निर्देशकमध्येबाट निर्देशक नियुक्त गर्ने परम्परा रहँदै आएको थियो ।
तर, यसपटक परम्परा मिचिएकाले आफूले अपमानित महसुस गरेको संगिनाले बताइन् । ‘यसपटक परम्परा मिचिएको छ । यसअघि यस्तो अभ्यास थिएन । उप–निर्देशकमध्येबाटै निर्देशक बनाउँदा राम्रो हुन्थ्यो । यसमा मेरो चित्त बुझेन । आफ्नो आत्मसम्मानमा चोट लागेको अनुभव गरेँ,’ उनले भनिन् । तालिम तथा प्रशिक्षण विभागमा हालसम्म कुनै पनि महिलालाई निर्देशकको जिम्मेवारी दिइएको छैन ।
हाल निर्देशक बनाइएका शोभितभन्दा संगिना सिनियर पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा व्यवस्थापनका लागि ‘ल्यान्ड पुलिङ’ मोडेल अपनाउन महासंघका अध्यक्ष श्रेष्ठको सुझाव
-
सेयर लगानीकर्तालाई अर्थमन्त्री सचिवालयको अपिल : अफवाहको पछि नलाग्नुस्
-
सिरियास्थित अमेरिकी फौजलाई निशाना बनाएको इरानको दाबी
-
विकास रोक्ने वन ऐन सच्याउन इप्पान अध्यक्ष डाँगीको माग
-
पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय स्रोत खोज्नुपर्छ : लिमा अधिकारी
-
सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण