भारतका रणधिर सिंह एसियाली ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित
काठमाडौँ । भारतका रणधिर सिंह एसियाली ओलम्पिक कमिटी (ओसीए) को अध्यक्षमा निर्वाचित भएका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न ओसीएको ४४औँ साधारणसभाले रणधिर सिंहलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
७७ वर्षीय रणधिर सिंह सन् २०२८ सम्म ओसीए अध्यक्षको जिम्मेवारीमा रहने छन् । उनी ओसीएको अध्यक्ष बन्ने पहिलो भारतीय पनि हुन् । उनले सन् १९७८ मा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा भारतका लागि स्वर्ण पदक पनि जितेका थिए ।
उनी एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो भारतीय सुटिङ खेलाडी हुन् । आफ्नो समयका चर्चित सुटिङ खेलाडी रणधिर सिंहले पाँच वटा ओलम्पिक खेलकुदमा पनि सहभागिता जनाएका थिए । पछिल्लो समय उनी खेलकुद प्रशासकको भूमिकामा सक्रिय थिए ।
करिब दुई दशक सक्रिय खेलजीवनमा बिताएपछि उनी खेलकुद प्रशासकको भूमिकामा भारतीय ओलम्पिक संघ, भारतीय ओलम्पिक परिषद्लगायतका संस्थामा सक्रिय रहँदै आएका थिए । उनको जन्म पन्जाबको पटियालामा भएको हो ।
उनको परिवारका अन्य सदस्य पनि खेलकुदमा सक्रिय थिए । उनका काका यादवेन्द्र सिंहले भारतका लागि टेस्ट क्रिकेट खेलेका थिए । यादवेन्द्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का सदस्य पनि बनेका थिए ।
रणधिर सिंहका पिता भालेन्द्र सिंह पनि क्रिकेट खेलाडी थिए । उनले प्रथम श्रेणीको थुप्रै प्रतियोगिता खेलेका थिए । भालेन्द्र सिंह पनि आईसीसीको सदस्य बनेका थिए । दिल्ली विश्वविद्यालयबाट इतिहासको अध्ययन गरेका रणधिर पछि खेलकुदमा सक्रिय भएका थिए ।
सुरुमा उनी सुटिङसँगै गल्फ, पौडी, क्रिकेटलगायतका खेल पनि खेल्थे । तर, पछि उनले सुटिङलाई नै आफ्नो मुख्य खेल बनाएर अगाडि बढे । रणधिर सिंह भारतको प्रतिष्ठित अर्जुन पुरस्कार र महाराजा रणजित सिंह पुरस्कारबाट पनि सम्मानित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण