समुद्री आँधीका कारण भियतनाम, चीन र फिलिपिन्समा दर्जनौँको मृत्यु
हानोई । शक्तिशाली समुद्री आँधीका कारण भियतनाम, चीन र फिलिपिन्समा दर्जनौँ मानिसको मृत्यु भएको छ । ताइफुन यागी नामक यो आँधी यो वर्ष एसियामा आएको अहिलेसम्मको सबैभन्दा शक्तिशाली समुद्री आँधी भएको जनाइएको छ ।
आइतबारबाट यो कमजोर बन्दै गएको छ । तर कमजोर बन्नुअघि नै यसले भियतनाम, चीनको हाइनान प्रान्त र फिलिपिन्समा दर्जनौँको ज्यान लिएको प्रारम्भिक रिपोर्टले देखाएका छन् ।
भियतनामको मौसम विभागले आइतबार आँधी केही कमजोर बनेको भने पनि बाढी र पहिलो जाने खतरा यथावत् रहेको चेतावनी जारी गरेको थियो । समुद्री आँधीका कारण हानोईमा कम्तीमा तीन जनाको मृत्यु भएको बताइएको छ । भियतनाममा मात्रै यसका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् । हानोईबाट दक्षिणमा सय किमी पर रहेको होआ बिन्ह प्रान्तमा मात्रै पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ ।
चीनको उत्तरी टापु हाइनानमा यागीका कारण चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । उता, फिलिपिन्समा पनि यो समुद्री आँधीका कारण मर्नेको सङ्ख्या १६ बाट बढेर आइतबार २० पुगेको बताइएको छ । अरू २२ जना बेपत्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण