बेल्जियममा काव्य गोष्ठी गरी मनाइयो मोती जयन्ती
बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमको आयोजनामा आइतबार काव्य गोष्ठी गरेर १५९ औँ मोती जयन्ती मनाइएको छ ।
सो अवसरमा बोल्दै सर्जकहरूले नेपाली साहित्यमा युवाकवि मोतीराम भट्टको योगदानबारे चर्चा गरेका थिए । वक्ताहरूले नेपाली गजलका साथै समालोचना, कविता र पत्रकारिता क्षेत्रमा भट्टको अतुलनीय योगदान रहेको बताए ।
कार्यक्रममा बेल्जियम निवासी लेखकहरू पञ्चम अधिकारी र ब्रह्मदत्त वाग्लेले आफ्ना नवीनतम कृतिहरूबारे लेखकीय अनुभव सुनाएका थिए। आफ्नो लेखकीय मन्तव्य राख्दै अनेसास बेल्जियमका सल्लाहकार अधिकारीले उनको भर्खरै सार्वजनिक कथा सङ्ग्रह ‘प्रवासीको देश हुन्न’ को रचनागर्भ बारे प्रस्ट्याएका थिए। प्रवासी नेपाली साहित्य अब कमजोर नरहेको उल्लेख गर्दै उनले पुस्तकहरूको बाढी आउने र त्यस्तैबाट खारिएर उत्कृष्ट साहित्य पनि सिर्जना हुने विचार व्यक्त गरे।
त्यसै गरी अर्का सल्लाहकार लेखक वाग्लेले आफ्नो कृति ‘उपहार’ को काव्य साधना र प्रकाशन अनुभवबारे धारणा व्यक्त गरेका थिए।
अनेसासका केन्द्रीय उपाध्यक्ष डिल्ली अम्गाईले युरोपेली डायस्पोराका लेखकहरूको योगदानबारे चर्चा गर्दै जसरी मोतीराम भट्टले ओझेलमा रहेका भानुभक्त आचार्यका कृतिहरूलाई प्रकाशमा ल्याए त्यसै गरी बेल्जियमका लेखकका कृतिहरू हाम्रा सम्पत्ति हुन् र तिनको प्रवर्द्धनमा सबैले साथ दिनुपर्ने बताए।
त्यसै गरी नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले युवाकवि भट्टको जीवनी र कृतित्वका बारेमा प्रकाश पार्दै भाषा साहित्य र संस्कृतिको संरक्षणमा अनेसास बेल्जियमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा खुसी व्यक्त गरे ।
अनेसास बेल्जियमका उपाध्यक्ष लोकनाथ शर्मा र महासचिव गोपाल दाहालले युवाकवि भट्टले भक्तिधारा र वीर रसमा बगिरहेको नेपाली साहित्यको धारलाई श्रृङ्गारिक धारमा परिवर्तन गरी नयाँ युगको सुरु गरेको बताए।
कार्यक्रमको सभापतित्व गरेका अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारन्जितले बेल्जियमबाट प्रकाशित नवीनतम कृतिहरूबारे छुट्टै कार्यक्रमहरू गरिने बताउँदै नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनमा अनेसास बेल्जियमले गर्दै आएको योगदानको चर्चा गरे ।
कार्यक्रममा चन्द्र शर्मा, प्रकाशराज गिरी, चन्द्रकुमारी गुरुङ, मुना केसी, मणिराज गौतम, मुना ताम्राकार लगायत अनेसास बेल्जियमका पञ्चम अधिकारी, ब्रह्मदत्त वाग्ले, डिल्ली अम्गाई, जमुना गैरे (रचना प्राप्त) सौरभ कारन्जित, लोकनाथ शर्मा र गोपाल दाहालसहितका स्रष्टाहरूले रचना वाचन वा साहित्यिक अभिव्यक्ति व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण