विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
बिहीबार, ०५ असार २०८२, १५ : ०१
सारांश
- विपिन प्रसाद शर्माको कप्तानीमा नेपाली यू-१६ क्रिकेट टोलीको घोषणा गरिएको छ।
- नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय टोली घोषणा गर्यो, जुन एसिसी मेन्स यू-१६ इस्ट जोन कपमा भाग लिनेछ।
- प्रतियोगिता मलेसियामा असार ८ गतेदेखि सुरु हुनेछ, जसमा नेपालले सिंगापुरसँग पहिलो खेल खेल्नेछ।
काठमाडौँ । युवा खेलाडी विपिन प्रसाद शर्माको कप्तानीमा नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले विपिनको कप्तानीमा एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो ।
प्रतियोगिता असार ८ देखि मलेसियामा आयोजना हुनेछ । प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेलमा सोही सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, भुटान, जापान, थाइल्यान्ड, इन्डोनेसिया, सिंगापुर, हङकङ र म्यानमार रहेका छन् ।
नेपाली टोलीः विपिन प्रसाद शर्मा (कप्तान) सुर्यांशु कोइराला (उप–कप्तान) शिवांश बजगाईँ, परिमार्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जयशी थापा र रोशन शाही

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण