बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ ले बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका शर्माले यस्तो बताएका हुन् ।
‘बजेटले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो । ५० खर्बभन्दा बढी लगानी भइरहेका ऊर्जाका योजनाहरूलाई समाप्त पारिदिएको छ’, सांसद शर्माले भने, ‘निजी क्षेत्रलाई हदबन्दी हटाइदियौ भनेर वाहवाही त भएको छ तर निजी क्षेत्रका साथीहरूले बुझुन् कि ५० खर्ब तपाईँहरूको लगानी समाप्त भइसक्यो ।’
उनले पीपीए गर्नेबारे २२७ नम्बर बुँदामा लेखिएको कुरा आपत्तिजनक रहेको बताउँदै भने,त्यसले देशको ऊर्जा क्षेत्र प्रयोग गर्ने नभई दुरुत्साहन गर्ने र समाप्त गर्ने काम बजेटमा आयो ।
उनले करका दर रातारात हेरफेर भएपनि राष्ट्रलाई सङ्कट आउने कुरामा सुनुवाइ नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण