अपडेट
काममा फर्किए काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजु पाण्डे
बिहीबार, ०५ असार २०८२, ११ : ४०
सारांश
- काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिने निलम्बन फुकुवा भई काममा फर्किएका छन्।
- उच्च अदालत पाटनको आदेशपछि पाण्डेले बिहीबार सुन्धारास्थित कार्यालयमा हाजिर गर्दै ड्युटी सुरु गरे।
- असार २० गते प्रमुख प्रशासकीय अधिकृतले निलम्बन गरेपछि पाण्डेले उच्च अदालतमा रिट दायर गरेका थिए।
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् । यसअघि पाण्डे ६ महिने निलम्बनमा परेकामा उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी बिहीबारदेखि काममा फर्किएका हुन् ।
उनले बिहीबार बिहान सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका छन् । यससँगै उनले आफ्नो ड्युटी पनि थालेका हुन् ।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण