शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार

बिहीबार, ०५ असार २०८२, १४ : २५
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देशमा अनियमितता, भ्रष्टाचार, हत्या हिंसा मौलाएको बताए।
  • उनले सरकार स्वयं बिरामी रहेको र जनताको व्यथा हल गर्न नसकेको आरोप लगाए।
  • सुनारले अदालत गन्हाएको र सरकार भ्रष्टाचारमा डुबेको टिप्पणी गर्दै देश अधोगतितिर गएको बताए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले उनले देशमा जता हेरे पनि अनियमितता, अपराधीकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताए । 

उनले यसलाई सरकारले नियन्त्रणले गर्नुपर्नेमा सरकार स्वयं नै बिरामी रहेको टिप्पणी गरे। सुनारले सरकार आफ्नै व्यथा हल गर्न नसकेको सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको जिकिर गरे । 

उनले अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । उनले मुलुकमा सुशासन भनिए पनि कुशासन भएको जिकिर गरे । देश अधोगतितिर गइरहेको टिप्पणी गरेका छन् । 

बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप