मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले यो देश र नेपालको राजनीतिक नेतृत्व बुझ्नै नसकेको बताएका छन् । साथै उनले नेपालको जलश्रोतको सही उपयोग गरेर नेपाली जनतालाई छिटो समृद्ध बनाउन सकिने भएपनि नेतृत्वको कार्यशैली ठिक नभएको बताएका हुन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो बताएका हुन् ।
उनले जलस्रोत मन्त्रीले २८ हजार मेगावाट बिजुली निकाल्ने प्रस्ताव सकारात्मक भएपनि नेपालका नेताहरूले सरकारको नीतिबाट विदेशमा भएका नेपालीहरूले पनि स्वदेश फर्केर पैसा कमाउन सक्छन् भनेर कुनै नेताले भाषण नगरेको बताए ।
‘अब जलस्रोत नीतिले देश बन्ने भयो भनेको, टेक एण्ड पे अरे ! तैँले बना आवश्यक परे किनौला रे ! बैङ्कले कहाँबाट लगानी गर्छ ? के हो के हो ? सोचाई के हो ? चिन्तन के हो ? बुझाई के हो ? इमानदारिता के हो ? मैले यो देश बुझ्नै सकिनँ’, उनले भने, ‘मैले यहाँको नेतृत्व बुझ्नै सकिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण