बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी

बिहीबार, ०५ असार २०८२, १५ : ०७
बिहीबार, ०५ असार २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले यो देश र नेपालको राजनीतिक नेतृत्व बुझ्नै नसकेको बताएका छन् । साथै उनले नेपालको जलश्रोतको सही उपयोग गरेर नेपाली जनतालाई छिटो समृद्ध बनाउन सकिने भएपनि नेतृत्वको कार्यशैली ठिक नभएको बताएका हुन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो बताएका हुन् । 

उनले जलस्रोत मन्त्रीले २८ हजार मेगावाट बिजुली निकाल्ने प्रस्ताव सकारात्मक भएपनि नेपालका नेताहरूले सरकारको नीतिबाट विदेशमा भएका नेपालीहरूले पनि स्वदेश फर्केर पैसा कमाउन सक्छन् भनेर कुनै नेताले भाषण नगरेको बताए । 

‘अब जलस्रोत नीतिले देश बन्ने भयो भनेको, टेक एण्ड पे अरे ! तैँले बना आवश्यक परे किनौला रे ! बैङ्कले कहाँबाट लगानी गर्छ ? के हो के हो ? सोचाई के हो ? चिन्तन के हो ? बुझाई के हो ? इमानदारिता के हो ? मैले यो देश बुझ्नै सकिनँ’, उनले भने, ‘मैले यहाँको नेतृत्व बुझ्नै सकिनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप