८ वर्षपछि हङकङमा गुन्जिदै ‘मंगोलियन हार्ट’
काठमाडौँ । चर्चित सांगीतिक ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा गुञ्जिने भएको छ । अष्ट्रेलिया, दक्षिण कोरिया, दुबई, अबुधबीपछि मंगोलियन हार्टले हङकङको युन् लोङ थिएटरमा आगामी १५ सेप्टेम्बरमा वृहत कन्सर्ट गर्ने भएको हो ।
ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले हङकङमा ८ वर्षपछि फेरि कन्सर्ट गर्ने मौका जुरेको बताए । उनले कन्सर्टको विशेष सुरु भइसकेको जानकारी दिए । ‘८ वर्षअघि हङकङमा कन्सर्ट गर्दा दर्शकको व्यापक प्रेम पाएका थियौँ,’ लामाले भने, ‘फेरि त्यो प्रेमिल माहोलको मौका जुरेको छ । हामी विशेष तयारी गरिरहेका छौँ ।’ कन्सर्टमा आफुहरुले हङकङवासीलाई पुराना तथा नयाँ गीत गाएर मनोरञ्जन दिलाउन आतुर रहेको सुनाए ।
३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको लोक, स्लो रक, पप मेलोडी यो ब्यान्डमा गायक राजु लामासहित रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । ‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ सैलुङ्गे मेला, आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन् ।
कन्सर्टलाई नेपाली टच हङकङले आयोजना गर्न लागेको हो । कन्सर्टमा मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोस पुन र आस्मा विश्वकर्माले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ ।
सांगीतिक यात्राका लागि मंगोलियन हार्टको टिम आगामी आइतबार सेप्टेम्बर ११ मा हङकङ प्रस्थान गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण