चाडपर्वमा समस्या हुन नदिने गरी सडक मर्मतको काम हुँदैछ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले दसैँ लगायतका चाडपर्वमा यातायात आवागमनमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम सुरु गरेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री दाहालले दसैँको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाबाट सरकारले बाटो मर्मत गरिरहेको बताए । उनले नियमित रूपले बनाउने सडक पूर्वाधारसँगै वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको काम अघि बढेका उल्लेख गरे । उनले संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको जानकारी दिए । उनले संघीय सरकारको मातहतमा रहेका देशभरमा सडकहरूमध्ये ५ हजार किलोमिटर सडक मर्मत अघि बढेको उल्लेख गरे ।
मन्त्री दाहालले निर्माणाधीन बाटोमा पनि सहज आवागमन गराउने कुरामा सरकार गम्भीर भएर लागेको जानकारी दिए । उनले निर्माणाधीन सडकमा सहज यातायात आवागमनको लागि निर्माण कम्पनीको जिम्मेवारी भएकाले निर्माण कम्पनीलाई कडाइका साथ निर्देशन दिएको बताए । उनले सडक सुरक्षा ऐन अहिलेसम्म नबनेकाले कानुन बनाउन सरकार लागेको बताए ।
उनले भने,‘दसैँको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाले बाटो मर्मत सरकारले गरिरहेको छ । नियमित रूपले बनाउने सडक पूर्वाधार छँदैछन्। वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको कुरा महत्त्वपूर्ण छ । संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको छ ।’
मन्त्री दाहालले रुग्ण आयोजनाहरूको काम अघि बढाउनको लागि सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएर काम भइरहेको बताए । उनले निर्माण व्यवसायहरूसँग अध्ययन गर्ने भनि सरकार र निर्माण व्यवसायी महासंघले निकालेको निष्कर्षका आधारमा रुग्ण आयोजना अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण