संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौँ । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बुधबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए । उपसभामुखलाई हटाउने विषयमा सत्ता र प्रतिपक्षी दलबीच बढ्दो विवादका कारण उत्पन्न असहज स्थितिका कारण बैठक स्थगित भएको बताइएको छ ।
सत्ता पक्षले उपसभामुख इन्दिरा रानाबारे प्रश्न उठाउँदै उनलाई हटाउन खोजेको छ भने प्रतिपक्षी दलले यसको विरोध गर्दै आएको छ । यही विषयमा मंगलबार बुधबारको प्रतिनिधिसभा बैठकमा पक्ष विपक्षमा चर्को बहस भएको थियो ।
यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बस्ने गरी बोलाएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी थियो ।
संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष,प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ।
न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषदमा पठाएको थियो। हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदै छन्।
संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था भएपनि हालसम्म सिफारिस हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण