इजरायली सेनाको हेलिकप्टर गाजामा दुर्घटना हुँदा दुई सैनिकको मृत्यु
बुधबार, २६ भदौ २०८१, २१ : ०५
जेरुसेलम । दक्षिणी गाजा पट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।
इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर एक घाइते सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो । अन्य सात सैनिक घाइते भएका र तिनीहरूलाई चिकित्सा हेरचाहको लागि बाहिर लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।
“प्रारम्भिक अनुसन्धानले शत्रुको कारबाहीका कारण दुर्घटना नभएको देखाएको छ”, विज्ञप्तिमा भनिएको छ । घटनाको कारणबारे वायुसेना कमाण्डर टोमर बारद्वारा नियुक्त समितिले थप अनुसन्धान गरिरहेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
-
फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
-
शोमा युवतीमाथि अश्लील टिप्पणी गरेपछि समय रैना फेरि विवादमा
-
रुकुम पश्चिममा प्य्राङ्क भिडियो बनाउँदा पीडितको पनि मिलेमतो, तिनै जनालाई म्याद थप
-
पारिवारिक शोक र विश्वकपको मैदान : क्यानडाका नयाँ नायक स्टिफन युस्टाकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण