प्रहरी एक्सन
सानेपामा चिनियाँ र फिलिपिनोले सञ्चालन गरेको कल सेन्टरमा सीआईबीको छापा
सञ्चालक सहित ५० जना पक्राउ
बिहीबार, २७ भदौ २०८१, १४ : १४
काठमाडौँ । ललितपुरको सानेपामा चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ ।
कल सेन्टर सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई नियन्त्रणमा लिइएको ब्यूरोका एसपी होबिन्द्र बोगटीलो रातोपाटीलाई बताए ।
दुई जना चिनियाँ र एक जना फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कल सेन्टरमा क्रिप्टो कारोबार र ठगीधन्दा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सञ्चालक तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नियन्त्रणमा लिएकाहरुमध्येबाट ठगी र क्रिप्टो कारोबार गर्नेहरूलाई मात्र मुद्दा चलाइने एसपी बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण