‘मिसेस पूर्वेली आईकन’ को फाइनलमा ८ प्रतियोगी भिड्दै
काठमाडौँ । विवाहित महिलाहरूको व्यक्तित्व, सीप र बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित आयोजित ‘मिसेस पूर्वेली आईकन–२०२४’ मा ८ प्रतिस्पर्धी छन् । आगामी असोज १२ गते ग्राण्ड फिनाले हुने प्रतिस्पर्धाका सबै प्रतियोगी अहिले आफूलाई निखार्न प्रशिक्षणमा जुटेका छन् ।
बाहिरी सौन्दर्य प्रदर्शनमा मात्र सीमित नरहेर, विवाहित महिलाहरूको सशक्तीकरणमा योगदान पुर्याउने लक्ष्य सहित प्रतियोगीको प्रशिक्षण त्यही अनुसारको भइरहेको आयोजक संस्था ओपन स्पेसका निर्देशक सरोज श्रेष्ठले बताए ।
प्रतियोगितामा सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लाबाट थुप्रै विवाहित महिलाहरू सहभागी थिए । विभिन्न चरणको छनौट पार गर्दै अन्तिम प्रतिस्पर्धाका लागि ८ प्रतियोगी आएका हुन् । तिनमा रुबिना श्रेष्ठ, सुस्मा बिस्ट, रेनुका श्रेष्ठ, सुनिता पुरी, मुना बजगाईँ, दीपिका भट्टराई, जिसिका सापकोटा र रेस्मा आङदेम्बे लिम्बु रहेका छन् ।
प्रतियोगिताका शीर्ष विजेताले ५० हजार नगदका अलावा थुप्रै अवसर र गिफ्ट पुरस्कारको रूपमा जित्न सक्नेछन् । प्रतियोगिता मार्फत विजेताले आफूलाई मात्र नभएर समाजमा महिलाको स्थानलाई अझ सशक्त बनाउन भूमिका खेल्न सक्नेछन् । प्रतियोगिताको कोरियोग्राफर शुभेच्छा कार्की, फोटो र भिडियोग्राफीका लागि बज क्रीयसन र मिडिया संयोजक सुवास सङ्कल्प श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
-
लेबनानमा शनिबार पनि इजरायली आक्रमण, ५ जनाको मृत्यु
-
उद्योग मन्त्रालयद्वारा ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ स्वीकृत
-
रास्वपाको प्रतिनिधि सङ्ख्या ४ हजारभन्दा बढी
-
जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ
-
पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण