महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित
बिहीबार, २७ भदौ २०८१, १८ : ५९
काठमाडौँ । महिला उद्यमी महासंघ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
महिला उद्यमी महासंघ नेपालले आफ्नो २१औँ वार्षिक साधारण सभाको अवसरमा बिहीबार पलेशालाई नगदसहित सम्मान गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत र महासंघकी अध्यक्ष शोभा ज्ञवालीले पलेशालाई सम्मानपत्र र नगद ५० हजार ५ सय रुपैयाँसहित सम्मान गरे । अध्यक्ष ज्ञवालीले आफ्नो व्यक्तिगत तर्फबाट पलेशालाई नगद सम्मान गरेकी हुन् ।
पलेशाले यो प्रतिस्पर्धामा लड्नभन्दा अगाडि समाजसँग लड्न आफूले धेरै चुनौतीको सामना गर्नु परेको उल्लेख गर्दै आफूमा आत्मविश्वास र दृढ सङ्कल्प भए हरेक अफ्ठ्यारा परिस्थिति पार गर्न सकिने बताइन् । उक्त कार्यक्रममा पलेशाका पिता प्रदीप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण