भौतिक पूर्वाधारहरुका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार बनाइन्छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधारहरुका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार गरिने बताएका छन् ।
बिहीबार पाँचौँ नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै उनले सडक र भवन लगायतका संरचनाहरू बनाउँदा सन्तुलित विकासका अवधारणा अनुसार विकासका काम अगाडि बढाउने बताएका हुन् ।
मन्त्री दाहालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने गरी डिजाइन गर्न सुरु गरेको बताए । उनले अबका पूर्वाधारहरू एक सय वर्ष पछिका आवश्यकता र प्रविधि अनि विकासका सम्भावना र चुनौतीहरूलाई मध्यनजर गरी बनाउने सरकारको योजना रहेको स्पष्ट पारे । उनले अब बन्ने पूर्वाधारहरू जलवायु अनुकूलन र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरूको सामना गर्ने हुनुपर्छ भन्ने सोचाई सरकारको रहेको बताए ।
मन्त्री दाहालले पूर्वाधारहरू विपद् जोखिम न्यूनीकरण र प्रदुषणरहित प्रविधिका सिद्धान्त अवलम्बन गरी निर्माण गर्नुपर्नेमा जोड दिए । उनले सडक सुरक्षामा सडक डिजाइन, निर्माणका अन्तर्राष्ट्रिय मापदण्डहरु अवलम्बन गर्न कडाइका साथ लागि परेको जानकारी गराए ।
मन्त्री दाहालले सडक सुरक्षा ऐन छिट्टै सदनमा ल्याउने तयारीमा रहको पनि उल्लेख गरे ।
मन्त्री दाहालले पूर्वाधारहरू निर्माणमा मानवीय सुरक्षा मापदण्ड निर्धारणमा विशेष योजना बनाई कडाइका साथ लागु गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण