भौतिक पूर्वाधारहरुका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार बनाइन्छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधारहरुका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार गरिने बताएका छन् ।
बिहीबार पाँचौँ नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै उनले सडक र भवन लगायतका संरचनाहरू बनाउँदा सन्तुलित विकासका अवधारणा अनुसार विकासका काम अगाडि बढाउने बताएका हुन् ।
मन्त्री दाहालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने गरी डिजाइन गर्न सुरु गरेको बताए । उनले अबका पूर्वाधारहरू एक सय वर्ष पछिका आवश्यकता र प्रविधि अनि विकासका सम्भावना र चुनौतीहरूलाई मध्यनजर गरी बनाउने सरकारको योजना रहेको स्पष्ट पारे । उनले अब बन्ने पूर्वाधारहरू जलवायु अनुकूलन र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरूको सामना गर्ने हुनुपर्छ भन्ने सोचाई सरकारको रहेको बताए ।
मन्त्री दाहालले पूर्वाधारहरू विपद् जोखिम न्यूनीकरण र प्रदुषणरहित प्रविधिका सिद्धान्त अवलम्बन गरी निर्माण गर्नुपर्नेमा जोड दिए । उनले सडक सुरक्षामा सडक डिजाइन, निर्माणका अन्तर्राष्ट्रिय मापदण्डहरु अवलम्बन गर्न कडाइका साथ लागि परेको जानकारी गराए ।
मन्त्री दाहालले सडक सुरक्षा ऐन छिट्टै सदनमा ल्याउने तयारीमा रहको पनि उल्लेख गरे ।
मन्त्री दाहालले पूर्वाधारहरू निर्माणमा मानवीय सुरक्षा मापदण्ड निर्धारणमा विशेष योजना बनाई कडाइका साथ लागु गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित चार वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन