बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
शुक्रबार, २८ भदौ २०८१, १० : ४२
लन्डन । बेलायतको राष्ट्रिय कर्जा आउँदो ५० वर्षमा तेब्बर हुने प्रक्षेपण गरिएको छ । बेलायत सरकारका आधिकारिक प्रक्षेपणकर्ताहरूले यस्तो बताएका हुन् । वृद्ध जनसङ्ख्याको अनुपातमा हुने वृद्धि, जलवायु परिवर्तन र बढ्दो भू–राजनीतिक तनाव लगायत समस्याको दबाबले गर्दा राष्ट्रिय कर्जा बढ्ने भनिएको छ ।
अतिरिक्त राजस्व बढेन वा उत्पादन स्तर युद्धपूर्वको स्थितिमा फर्किएन भने सरकारी खर्च लामो समयसम्म दिगो नहुने भनिएको छ । यतिबेला बेलायतले सन् १९६० को दशकयताकै उच्च कर्जा उठाइरहेको छ ।
कर पनि सन् १९४० को दशकयताकै उच्च छ तर कर्जा भने जीडीपीको झन्डै तीन गुणा बन्ने बाटोमा रहेको अर्थ मन्त्रालयका मुख्य सचिव ड्यारेन जोन्सले भनेका छन् । अहिले बेलायतको घरेलु कर्जा जीडीपीको झन्डै सय प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण