बक्यौता असुलीमा ध्यान दिन अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठुला कर कार्यालयहरूको बक्यौता र बेरुजु बढेको भन्दै असुलीमा ध्यान दिन निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागको निरीक्षण गर्दै अर्थमन्त्री पौडेलले बक्यौता असुली र बेरुजु फर्स्यौटका लागि विशेष अभियान नै सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
उनले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वैच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिए ।
नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने मन्त्री पौडेलले बताए । उनले भने, ‘आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने कुरामा ख्याल गर्नुहोला ।’
अर्थसचिव डा.रामप्रसाद घिमिरेले आफ्नो जिम्मेवारी र दायित्व बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्व परिचालनको लक्ष्यलाई ध्यान दिएर अघि बढ्न कर्मचारीलाई आग्रह गरे ।
जवाफमा आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले चालु आर्थिक वर्षमा लिइएको राजस्वको सङ्कलनको लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण